Email Us : sherpakiduksankhuwasava@gmail.com
27Feb

ल्होसार पिकनिक, १५ औ वार्षिक साधारण सभा र ८ औ अधिबेसन सम्पन्न

यस शेर्प किदुक संखुवासभाको १६ औ साधारण सभा र २१५० औं छु मो ह्य ल्हो ल्होसार पिकनिक हिजो सोमबार स्मार्ट प्यालेस एण्ड इभेन्ट, चुचेपाटी, चाबाहिलमा करिब ९०० जनाको उपस्थितिमा भव्यताको साथ सुसम्पन्न गरियो। बार्षिक साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष पासाङ फुर्वा शेर्पाज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिमा यसै संस्थाको संस्थापक अध्यक्ष एवम् पूर्व माननिय संविधान सभा सदस्य पासाङ शेर्पाज्यू हुनुहुन्थ्यो । कार्यक्रमा महानआयक राजेश हमाल गायिका, अन्जली राइ, साना महर्जन लगायतको पनि बिशेष उपस्थिती रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन महासचिव पुर्ण शेर्पाले गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष शान्ता शेर्पाज्यूले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो भने संस्थाको बार्षिक प्रतिवेदन कोषाध्यक्ष दावा शेर्पाले सबै सामु वाचन गरेर प्रस्तुत गरेका थिए।

यसै कार्यक्रममा विश्वाको ८००० मिटर भन्दा माथिको १४ वटा हिमसिखरहरु सबै दुई पटका सफलता पूर्वक आरोहण गरी विश्वाको पहिलो ब्यक्ती हुनुभएका प्रख्यात आरोहि सानु शेर्पा, विश्वा को दोस्रो अग्लो के.टु हिमाल (Mt. K2) (१२ घण्टा २० मिनेट २३ सेकेण्ड) मा सार्बधिक छोटो समयमा सफलता पूर्वक आरोहण गर्ने विश्वाको पहिलो ब्यक्ती छिरिङ शेर्पा र विश्वाको ५ औ अग्लो मकालु होमाल(Mt. Makalu) सार्बधिक छोटो अबधिमा १६ दिन भोत्र तीन पटक सफलता पूर्वक आरोहण गर्ने विश्वाको पहिलो ब्यक्ती लाक्पा शेर्पा लाई पनि प्रसंशा पत्र प्रदान गरिएको थियो। 

 

यसै दिन संस्थामा नयाँ आवद्ध हुनु भएका २ जना संरक्षक र ५ जना आजीवन १ जना साधारण सदस्यलाई सधन्यवाद सहित सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो। साथै संस्थाको तर्फबाट २०७८ को SEE सर्वोउत्कृष्ट अंक ल्याउने दुई जना छात्र निमा साङगे शेर्पा (GPA 3.65) र छात्रा दालमु शेर्पा (GPA 3.65) लाई छात्रावृत्ति रकमा प्रति ब्यक्ती रु १०,०००- र प्रमाण पत्र सहित प्रदान गरिएको थियो। यसै साथ युवा समाजसेवी एवम् पर्यटन व्यवसायी पासाङ तेन्डी शेर्पाद्वारा बार्षिक प्रदान गरिने +२को सर्वोउत्कृष्ट (१ छात्र र १ छात्रा) छात्रावृत्ति पनि वितरण गरिएको थियो जसमा २०७९ मा +२मा सर्वोउत्कृष्ट अंक ल्याउने छात्रा पासङ लमु शेर्पा (GPA ३.७०) र छात्र निखिल शेर्पा (GPA 3.50) दुबै जनालाई प्रति व्यक्ति रु.१५,०००/- का दरले प्रमाण पत्र शाहीत वितरण गरिएको 

 

औपचारिक कार्यक्रमको मन्तव्यको क्रममा प्रमुख अतिथिले सबैलाई ल्होसारको शुभकामना सहित संस्थाले हाल सम्म गरिएका कामहरु प्रशंसनिय रहेको बितेको दुइकार्यकाल उक्रिस्ट भएको भाताउनु भयो, अन्तयमा कार्यक्रमका सभापति- संस्थाको अध्यक्षज्यूले उपस्थित सबैलाई धन्यवाद सहित ल्होसारको शुभकामना दिदै औपचारिक कार्यक्रम (१६ औं बार्षिक साधारण सभा)को सम्पन्न भएको घोषणा गर्दै ल्होसार पिकनिकमा सबैलाई रमाईलो गर्न आग्रह गर्नु भयो ।  साथौ सलाहाकरहरुको ५ जनाको निर्णयक मण्डल गठन गरी ८ औ अधिबेसन बाट हाल अध्यक्ष पासाङ फुर्बा शेर्पा को कार्यसमिती लाई बिदाइ गर्दै नयाँ कार्यसमिती को नब नियुक्त अध्यक्ष मिङ दोर्ची शेर्पा शाहीत जम्मा १५ जनाको नयाँ कार्यसमिती चयन सम्पन्न भयो।  

   कार्यक्रमको दोश्रो भाग - ल्होसार पिकनिक लाई स्याब्रु नृत्यद्वारा शुरुवात गरेको थियो जसको नेत्रित्व आङ फुर्बा शेर्पाले गर्नु भएको थियो भने नृत्य कलाकारहरु १३ जना रहेका थिए । संस्थाले स्याब्रु नृत्य कलाकारको समुहलाई कार्यक्रममै प्रशंसापत्रबाट सम्मान गरेको थियो। ल्होसार पिकनिकमा स-साना नानीबाबुहरुलाई पनि आकर्षण र मनोरञ्जन दिन संस्थाकै व्यवस्थापनमा फुर्तेन्जी शेर्पालाई face painting मा राखिएको थियो । पिकनिक टिकट प्रिन्ट प्रायोजन  8k Bar and Kitchen ले  गरेको थियो। कार्यक्रममा गायिका अन्जली राइ साना महर्जन र गायक लाक्पा एन शेर्पा गीत गएर मनोरञ्जन गराएका थिए  । ल्होसार पिकनिकलाई अझ सहभागी रोमान्चक बनाउन 8K. Expeditions Pvt. ltd ले प्रथम उपाहारको लागि रु १,००,०००/- दोस्रे Seven Summit Treks रु रु५०,०००/- र तेस्रो Makalu Outfit ले प्रायोजन रु २५०००/- प्रायोजन गर्नुभएको थियो । जसमा क्रमशः तृतिय पुरस्कार रु२५,०००/- कुपन नंम्बर ३१४ सपना लामा , मकुवानपुर, दोस्रो पुरस्कार रु५०,०००/-  कुपन नंम्बर  - २८३  दिपकला तमाङ - मकालु र प्रथम पुरस्कार रु१,००,०००/-  कुपन नंम्बर १०८२ पासङ लमु शेर्पा मकालु २ ले प्राप्त गर्नुभएको थिए। सबै बिजेताहरुलाई सम्बन्धित उपहार प्रायोजकहरुलेनै पुरस्कार नगद हस्तान्तरण गर्नुभएको थियो । ल्होसर पिकनिकमा उपस्थित सबैलाई नेपालकै पहिलो डि.जे -डि.जे तेन्जिङले अन्त्य समा मज्जाले नचाउनुभएको थियो।