Email Us : sherpakiduksankhuwasava@gmail.com
13Jun

लाक्पा शेर्पा र 8 K. Expeditions Pvt. Ltd बाट सहयोग

२०७९ जेठ ३०, काठमाडौंसंखुवसभा पाथिभरा ७ हाल मकालु गाँउपालिका ३ का आङ छिरीङ शेर्पा को गत महिना मात्र मृगौंला सफल प्रत्यारोपण गरि हाल आफ्नो दैनिक कामकाजमा आफूलाई व्यस्त राख्न थालेका छन् । आङ छिरीङ र समस्त परिवार यसै लेख मार्फत सम्पूर्ण सहयोगी दाताहरु प्रति हार्दिक आभर व्यक्त गर्न चाहन्छन् । हाल मृगौला प्रत्यारोपण पश्चात अत्यन्तै स्वास्थ्य सतर्कताहरु अपनाउनु पर्ने, नियमित समय अन्तरालमा स्वास्थ्य परिक्षण गर्नुपर्ने र खानपानमा पनि धेरै ख्याल गरि खानु पर्ने उनको आवस्था छ । यि सबै कुराहरुलाई मध्य नजर गरि मकालु गाउँपालिका १ का उदयमान युवा पर्यटन व्यवसायी एवम् समाजसेवी लाक्पा शेर्पा (8 K. Expeditions Pvt. Ltd. का निर्देशक) ज्यूले व्यक्तिगत तर्फबाट रु.१,००,०००/- (अक्षरेपि एक लाख रुपैयॉं मात्र) र 8 K. Expeditions Pvt. Ltd.- धुम्बाराहीको तर्फबाट रु.५०,०००/-(अक्षरेपि पचास हजार मात्र) सहयोग प्रदान गर्नु भएको छ। सहयोगि दाताहरुलाई धेरै धन्यवाद र आङ छिरीङ भाइलाई पूर्ण स्वास्थ्य लाभको कामना ।