आङ डी शेर्पाद्वारा किदुकलाई बाह्र लाख बाह्र हजार सहयोग
२०७८ पुष ८, काठमाडौं,
संखुवासभा जिल्लाको दुर्गम क्षेत्र मकालु गाउँपालिकामा जन्मि हाल कर्मथलो संयुक्त राज्य अमेरिकालाई बनाई स्थायी रुपमा परिवार सहित त्यही बस्दै आउनुभएका सक्रिय युवा समाजसेवी श्री आङ डी शेर्पाज्यूले यस संस्थालाई पुन: सहयोग गर्नु भएको छ। दुई बर्ष अगाडी मात्र उहाँले आफ्नो सहयोग रकम थप गर्दै रु.२,००,०००/-(अक्षरेपी रु. दुई लाख मात्र) पुऱ्याउनु भएको थियो। हिजो उहाँले फेरि रु.१०,१२,०००/-(अक्षरेपी रु. दश लाख बाह्र हजार मात्र) सहयोग रकम थप गर्नु भएको छ। अब उहाँले हाल सम्ममा किदुकलाई प्रत्यक्ष सहयोग गरेको जम्मा नगद रकम रु.१२,१२,०००/-(अक्षरेपी रु. बाह्र लाख बाह्र हजार मात्र) भएको छ। दाता आङ डी शेर्पाज्यूले सहयोग रकम हस्तान्तरण गर्दै आफूले किदुकको भावी योजनाहरुलाई सफल बनाउनलाई यि रकमहरु सहयोग गरेको बताउनु भयो। अझ हाम्रै समाजका बिदेशमा रहेका र नेपाल भित्र रहेका धेरै सम्भावित सहयोगि दाताहरु आफूले देखेको र उनिहरुले पनि संस्थालाई सहयोग गर्नेमा आफू विश्वास्त रहेको पनि जानकारी गराउनु भयो । हाम्रो संस्था उहाँको यस सहयोगको उच्च प्रशंसा गर्दै सहयोग रकमको उचित सदुपयोग गरिने प्रतिवद्धता जाहेर गर्दछौं। हाम्रो संस्था उहाँ र परिवारको सुस्वस्थ्य र समृद्धिको कामना गर्दछौं।