Email Us : sherpakiduksankhuwasava@gmail.com
06Mar

ल्होसार पिकनिक र १५औं बार्षिक साधारण सभा सम्पन्न

२०७८ फागुन २२ आइतबार, काठमाडौं,

         यस शेर्पा किदुक संखुवासभाको १५औं बार्षिक साधारण सभा र २१४९औं ताग् ल्हो ग्याल्पो ल्होसार पिकनिक हिजो शनिबार रामनगर पार्टि भेन्यू - रामहिटी बौद्धमा करिब ९५० जनाको उपस्थितिमा भव्यताको साथ सुसम्पन्न गरियो। बार्षिक साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष पासाङ फुर्वा शेर्पाज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिमा यसै संस्थाको संस्थापक अध्यक्ष एवम् पूर्व माननिय संविधान सभा सदस्य पासाङ शेर्पाज्यू हुनुहुन्थ्यो । कार्यक्रममा पूर्व सञ्चार मन्त्री एवम् प्रदेश १ का पूर्व मुख्य मन्त्री शेरधन राईज्यू र उहाँको श्रीमती जाङमु शेर्पाको पनि बिशेष उपस्थिती रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन महासचिव पुर्ण शेर्पाले गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष शान्ता शेर्पाज्यूले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो भने संस्थाको बार्षिक प्रतिवेदन सचिव दावा साङगे शेर्पाले सबै सामु वाचन गरेर प्रस्तुत गरेका थिए।

        यसै कार्यक्रममा संस्थाको लोगो २०७८ साउन १२ गते के.टु हिमाल (Mt. K2)को चुचुरोमा पुऱ्याउनु हुने दुई प्रख्यात आरोहि लाक्पा शेर्पा र मिङमा दोर्चि शेर्पा लाई पनि प्रसंशा पत्र प्रदान गरिएको थियो। यसै दिन संस्थामा नयाँ आवद्ध हुनु भएका १२ जना संरक्षक र ८ जना आजिवन सदस्यलाई पनि सधन्यवाद सहित सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो। साथै संस्थाको तर्फबाट २०७६ को SEEमा सर्वोउत्कृष्ट अंक ल्याउने दुई जना छात्र तेन्जिङ शेर्पा (GPA 3.95) र निखिल शेर्पा (GPA 3.95) र २०७७को SEE परिक्षामा सर्वोउत्कृष्ट अंक ल्याउने पेम दोर्जि शेर्पा (GPA 3.85)लाई छात्रावृत्ति रकम रु.१०,०००/ प्रति छात्र प्रमाण पत्र सहित प्रदान गरिएको थियो। यसै साथ युवा समाजसेवी एवम् पर्यटन व्यवसायी पासाङ तेन्डी शेर्पाद्वारा बार्षिक प्रदान गरिने +२को सर्वोउत्कृष्ट (१ छात्र र १ छात्रा) छात्रावृत्ति पनि वितरण गरिएको थियो जसमा २०७७मा +2मा सर्वोउत्कृष्ट अंक ल्याउने छात्रा फुर्र याङ्जी शेर्पा (CGPA 3.10), २०७८मा सर्वोउत्कृष्ट अंक ल्याउने छात्र पेम छेतर शेर्पा (CGPA 3.78) र छात्रा पेमा शेर्पा (CGPA 3.44) तिनै जनालाई प्रति व्यक्ति रु.१५,०००/- का दरले प्रमाण पत्र सहित वितरण गरिएको थियो। औपचारिक कार्यक्रमको मन्तव्यको क्रममा प्रमुख अतिथिले सबैलाई ल्होसारको शुभकामना सहित संस्थाले हाल सम्म गरिएका कामहरु प्रशंसनिय रहेको र अझ पनि कार्यसमिती सबैलाई सक्रिय, समावेशी र पारदर्शि भइ अघि बढन अग्रह गर्नु भएको थियो। अन्तयमा कार्यक्रमका सभापति- संस्थाको अध्यक्षज्यूले उपस्थित सबैलाई धन्यवाद सहित ल्होसारको शुभकामना दिदै औपचारिक कार्यक्रम(१५औं बार्षिक साधारण सभा)को सम्पन्न भएको घोषणा गर्दै ल्होसार पिकनिकमा सबैलाई रमाईलो गर्न आग्रह गर्नु भयो ।

        कार्यक्रमको दोश्रो भाग - ल्होसार पिकनिक २१४९लाई स्याब्रु नृत्यद्वारा शुरुवात गरेको थियो जसको प्रशिक्षण कामाछिरिङ शेर्पा र ङाङ लाक्पा शेर्पाले गर्नु भएको थियो भने नृत्य कलाकारहरु १५ जना रहेका थिए । संस्थाले स्याब्रु नृत्य प्रशिक्षक र कलाकारको समुहलाई कार्यक्रममै प्रशंसापत्रबाट सम्मान गरेको थियो। ल्होसार पिकनिकमा स-साना नानीबाबुहरुलाई पनि आकर्षण र मनोरञ्जन दिन संस्थाकै व्यवस्थापनमा फुर्तेन्जी शेर्पालाई face painting मा राखिएको थियो । संस्थाको आजिवन सदस्य निमा गेल्बु शेर्पाले पनि यसै कार्यक्रममा आफूले सञ्चालन गरेको Happydent Dental Service Center Pvt. Ltd. को अस्थाइ किल्निक राखेका थिए। ल्होसार पिकनिकको टिकट प्रिन्ट प्रायोजन Makalu Outfit - Brand ले गरेको थियो । कार्यक्रममा लाक्पा एन शेर्पा र पेम्बा गेलु शेर्पाले पनि गित गएर मनोरञ्जन गराएका थिए । ल्होसार पिकनिकलाई अझ सहभागी मुलक एवम् उत्साही बनाउन यस साल नयाँ उदयमान ट्रेकिङ एजेन्सी Eight K. Expeditions Pvt. ltd ले बम्पार उपाहारको प्रायोजन गरेको थियो । जसमा क्रमशः तृतिय पुरस्कार रु.२०,०००/- कुपन नंम्बर ६८८- दावा शेर्पा- मकालु २, दोश्रो पुरस्कार रु.३०,०००/- कुपन नंम्बर १४० - चन्द्र घले - चिचिला ५ र प्रथम पुरस्कार रु.५०,०००/- कुपन नंम्बर १२३३- सानि शेर्पा -ओखलढुंगा ले प्राप्त गरेका थिए। सबै विजेतालाई 8k Expeditions का सञ्चालकहरु लाक्पा ठेन्डु शेर्पा, पेम्बा शेर्पा र लाक्पा शेर्पा ले पुरस्कार नगद हस्तान्तरण गरेका थिए। ल्होसार पिकनिकमा उपस्थित सबैलाई नेपालकै पहिलो डि.जे -डि.जे तेन्जिङले मज्जाले नचाएका थिए।