Email Us : sherpakiduksankhuwasava@gmail.com
10Aug

संरक्षकद्वयद्वारा संस्थाको लोगो के टु हिमालको शिखरमा

२०७८ साउन २६,

यस शेर्पा किदुक संखुवासभाका संरक्षक सदस्यद्वय लाक्पा शेर्पा(वालुङ, मकालु १)र मिङमा दोर्चि शेर्पा(टाशीगाँउ, मकालु २)ले यस संस्थाको लोगो पाकिस्तानमा रहेको Mt. K2 को शिखरमा (मिती : २०७८ साउन १२ गते तदानुसार २०२१ जुलाई २७ तारिख) पुऱ्याउनु भएकोमा हाम्रो संस्था यहाँहरुलाई हार्दिक बधाईका साथ हृदय देखि नै आभार व्यक्त गर्दछौं। यहाँहरु आफ्नो पेशामा अनुभवी र प्रख्यात रहेकोमा कसैको बिमती छैन भन्ने पूर्ण विश्वासका साथ, यहाँहरुको संस्था प्रतिको योगदानको उच्च मुल्यङ्कन गर्दै सफल जीवनको शुभकामना दिन चाहन्छौं।