Email Us : sherpakiduksankhuwasava@gmail.com
10Apr

जापानका लागि दोस्रो प्रतिनिधी नियुक्त

२०७७ चैत २८, शनिबार

आज यस संस्थाका कार्यसमितिहरुको प्रस्ताव, छलफल र पहलमा यसै संस्थाका संरक्षक सदस्य तेन्जीङ नुर्वु शेर्पा (मकालु २ हाल जापान)लाई यस संस्थाको जापानका लागि दोस्रो प्रतिनिधीको रुपमा नियुक्त गरिएको यहॉंहरु सबैमा जानकारी गराउन चाहान्छौं। यस संस्थाले विगतका बर्षहरु देखि नै विदेशमा रहेका सहयोगि हातहरुको साथ लिन र विदेशमा रहेका आफ्नो जिल्लाबासीहरुलाई यस संस्थामा आवद्ध गराई आफ्नो गतिविधिहरु देश-विदेश सबैतिर समान रुपमा अघि बढाउने उद्देश्यले विभिन्न देशमा आवश्यक्ता अनुसार प्रतिनिधीहरु नियुक्त गर्ने गरिएको यहॉंहरुलाई थाहै छ। हालसम्ममा नव नियुक्त प्रतिनिधी सहित यस संस्थाका लागि जम्मा ५ जना विदेश प्रतिनिधी नियुक्त भइसकेका छन्। असल उद्देश्यका साथ विदेश प्रतिनिधीको जिम्मेवारी सम्हालनु भएका तेन्जीङ नुर्वु शेर्पाज्यूलाई सफल कार्यकालको शुभकामना सहित सक्रिय सहयोग र साथको अपेक्षा राख्दै बधाई दिन चाहन्छौं।