Email Us : sherpakiduksankhuwasava@gmail.com
15Apr

विदेश प्रतिनिधी किपा शेर्पाज्यूबाट संकलित रकम हस्तान्तरण

मिति २०७८ बैशाख १

हाम्रो यस गरिमामय संस्था शेर्पा किदुक संखुवासभाले बिगतको बर्षहरु देखी नै विदेशमा रहेका सहयोगी हातहरुको साथ लिन र विदेशमा रहेका आफ्नो जिल्लाबासी हरुलाई यस संस्थामा आवद्ध गराई आफ्नो गतिविधिहरु देश-विदेश सबैतिर समान रुपमा अघि बढाउदै आईरहेको यहाँहरु सम्पुर्णलाई अबगत नै छ। त्यसै क्रमलाई निरन्तरता दिने क्रममा हाम्रो यस गरिमामय संस्था शेर्पा किदुक संखुवासभाको जापानका लागी बिदेश प्रतिनीधी श्री किपा शेर्पा ज्यू मार्फत आजिबन सदस्यको लागी मकालु-२ निवासी श्री रिन्जींन लाक्पा शेर्पा ज्यू बाट ने.रु २५,०००/-र मकालु-२ नावागाऊँ निवासी श्री पासाङ तेम्बा शेर्पा ज्यू बाट ने.रु २५,०००/- ग्रहण गरी उहाँहरुलाई संस्थाको आजिवन सदस्यको लागी नियुक्ति गरीयो र चिचिला-४ कुवापानी निवासी श्री छेजी शेर्पा ज्यूबाट ५,०००/- रकम ग्रहण गरी साधारण सदस्यको लागी नियुक्ति गरीयो र संस्थाको पुरानो साधारण सदस्य श्री राम बहादुर शेर्पा ज्यूबाट पहिलाको ने.रु ५,०००/- माथी थप रकम ने.रु ५,०००/- ग्रहण गरीयो। श्री किपा शेर्पा ज्यू र नयाँ आबद्द हुनू हुने यहाँहरु प्रति किदुक परिवार हार्दिक बधाई तथा कृतज्ञता प्रकट गर्दछ। साथै एउटा सामाजिक प्राणी भएको नाताले आफ्नो समाजको हक र हितको निम्ति खोलिएको कुनै न कुनै संस्था प्रति कुनै नै कुनै माध्यमबाट आफ्नो जिम्मेवारि बहन गर्नु हामी सबैको कर्तब्य हुन जान्छ त्यसैले हामिलाई बिश्वास छ तपाईहरु (जो यस संस्थामा आबद्ध हुनू भएको छैन) पनी यस संस्थालाई अझ जिम्मेवारीपुर्बक र सशक्त रुपमा अघि बढाउनको निमित्त आबद्ध भईदिनू हुन सम्पुर्णमा हार्दिकताका साथ अनुरोध गर्दै आबद्ध हुनू हुने छ भन्ने विश्वास हामिले लिएका छौ ।