संखुवासभाबाट काठमाडौ आएर बसोवास गर्ने शेर्पाहरुको पहलमा संस्था दर्ता ऐन २०३४ को दफा (४) अन्तर्गत रही विधिवत रुपमा “शेर्पा किदुक संखुवासभा”को शूरुवात मितिः २०५९-०८-१० गते एक गैह्र सरकारी संस्थाको हैसियतमा भएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौं अन्तर्गत रहेर ३०० नम्बरमा दर्ता भए सँगै संस्थाले शेर्पा जातिको भाषा, संस्कृति, परम्परा र रीतिरिवाज जर्गेणा गर्न बिभिन्न गतिविधि सञ्चालनलाई निरन्तरता दिदै आएको छ । शेर्पा जातिमा मात्र सिमित नभएर संस्थाले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै समाजमा एक उदाहारणीय सामाजिक संस्थाको अग्रपंतिमा उभिन सफल भएको छ ।
पाँच गाउँपालिका र पाँच नगरपालिका सहित १० स्थानीयतह रहेको संखुवासभामा शेर्पाहरुको उपस्थिती उल्लेख्य छ । प्रत्येक स्थानीयतहमा शेर्पाहरु संख्यात्मक र गुणात्मक को उपस्थिती रहेको छ । सामाजिक, राजनैतिक र शैक्षिक हैसियत बनाउदै आएको संखुवासभाका शेर्पाहरु पर्यटन, पर्वतारोहण, सरकारी तथा गैह्रसरकारी पेशामा पनि उत्तीकै प्रतिनिधित्व राख्न थालेको छ । अवसरको खोजी मात्र नभएर राज्यको बिकासमा टेवा पुर्याउन सहयोग गर्ने लक्ष्यले राजधानी प्रवेश गरेका शेर्पाहरु “शेर्पा किदुक संखुवासभा” संस्थाबाट एकत्रीत र एकरुपता हुदै सहकार्य गर्दै आएको छन् । यस संस्थाले जिल्लावासी एवम् देशका जनतालाई आपदविपद आइपर्दा जहिले पनि हरसम्भावको सहयोग गर्दै अएका छन् ।संस्था बिगतका त्रुटिहरुलाई सुधार गर्दै नयाँ-नयाँ सोच्, जोश र परियोजना का साथ अघि बढ्दै छन्। हाम्रो समाज र देशलाई एक ढिक्कामा बाँधि विकास पथमा अघि बढ्दै आफ्नो परम्परागत रितिरिवाज र संस्कृतिको जगेर्ण गर्नु नै यसको मुल लक्ष्य रहेको छ। बिगतका कार्यसमितिले निरन्तर रुपमा सक्रिया भइ हरसम्भवको कार्यसम्पादन गरि संस्थालाई यस उचाईमा पुर्याएका छन्। सधै झै यस संस्थाको हरेक पाइलामा तपाईंहरुको सल्लाह-सुझाव्, साथ-समर्थन र सहयोग हुनेछ भन्नेमा हामिलाई पूर्ण विश्वास छ।