Email Us : sherpakiduksankhuwasava@gmail.com
15Feb

२०७८ फागुन २१ गते शनिबार ल्होसार पिकनिक आयोजना गरिने

२०७८ फागुन ३, काठमाडौं

टाशीदेलेक,

गत बर्ष कोरोना माहमारी र नेपाल सरकारको स्वस्थ्य प्रोटोकलले गर्दा ल्होसार पिकनिक आयोजना गर्न नसकेको यहॉंहरु सबैलाई थाहै छ तर यस साल हामी अधिकांशले कोरोना बिरुद्धाको खोप पनि लगाई सकेको र नेपाल सरकारबाट पनि यि-यस्ता कार्यक्रम गर्नलाई प्रतिकूल नीति जारी नभएको हुँदा यहि २०७८ फागुन २१ गते शनिबार ल्होसार पिकनिक आयोजना गरिने सबैमा अग्रिम जानकारी गराउन चाहन्छौं।

यहॉंहरु सामु हामी छिट्टै टिकट बिक्रीका लागि आउनेछौ, पूर्ण साथ र सहयोगको अपेक्षा राखेका छौं। कुनै सल्लाह वा जिज्ञास भए हाम्रो कार्यसमितिका साथीहरुलाई सम्पर्क गर्नु होला।

धन्यवाद!