Pasang Tendi announced scholarship
याफु ९ संखुवासभा हाल कपन काठमाडौंका युवा समाजसेवी तथा पर्यटन ब्यवसायी एवम् अन्तराष्ट्रिया पर्वतारोहण पथ प्रदर्शक श्री पासाङ तेन्डी शेर्पाज्युले यस साल-२०७५ बाट बार्षिक रुपमा "शेर्पा किदुक संखुवासभा" मार्फत छात्राबृती दिने घोषणा गर्नु भएको छ । छात्राबृतिको रकम बार्षिक रु.३०,०००/-(अक्षरेपी तिस हजार मात्र) तोकिएको छ । जुन उच्च शिक्षा माध्यमिक तहबाट संबन्धित सालामा सर्वोउत्कृष्ट अंक ल्याउने छात्रलाई पन्ध्र हजार र छात्रालाई बाँकी पन्ध्र हजार दिइने छ । साथसाथै शेर्पा किदुक संखुवासभा संस्था आफैले पनि बार्षिक रुपमा रु. १०,०००/-(अक्षरेपी दश हजार मात्र) हरेक सालको SEE:- Secondary Education Examination का उत्कृष्ट एक छात्र वा छात्रा लाई दिदैं आएको यहाँहरुलाई पुन: जानकारी गराउन चाहन्छौं । यस संस्था र सहयोगी दाता दुबै शतप्रतिशत् शिक्षित्, साक्षर र सबल संखुवासभा बनाउने मनासय रहेको स्पष्ट पार्न चाहन्छौं ।
हरेक वर्ष छात्रावृत्ति आवेदनको लागि किदुकको समिति सदस्यहरु संग सम्पर्क राख्न अनुरोध गर्दछौ साथै निरन्तर किदुकबाट हुने गतिविधि र यसबाट लाभ लिनको लागि यस संस्थाको आधिकारिक facebook page like गर्न अनुरोध गर्दछौं ।